२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले जित्यो बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि

images

  • २०८० चैत १०, शनिबार
  • 1.4K
    SHARES
  • शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले जित्यो बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि

    काठमाडौँ : शाइन रेसुङ्गा डेभलपमेन्ट बैङ्कले बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्कको उपाधि आफ्नो पोल्टामा पारेको छ। न्यु बिजनेश एज प्रा.लिले काठमाडौँमा शुक्रवार गरेको न्यूबिज बिजनेस् कन्क्लेभ एण्ड अवार्डस्–२०२४ अन्तर्गत विकास बैङ्कहरूमध्ये शाइन रेसुङ्गा उत्कृष्ट भई अवार्ड जितेको हो। उक्त अवार्ड बैङ्ककी रिसोर्स म्यानेजमेन्ट अफिसर नम्रता थापाले ग्रहण गरेकी हुन्।

    यस अघि बैङ्कले सन् २०२२ मा पनि बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैङ्क अवार्ड जितेको थियो भने गत वर्ष अन्तराष्ट्रियस्तरको एसिया इमर्जिङ बैङ्किङ अवार्ड जितेको थियो। यो उपाधि जित्नुमा बैङ्कका सञ्चालक समिति, शेयर धनी, कर्मचारी, बैङ्कका ग्राहक र शुभेच्छुक सबैको प्रत्यक्ष अप्रत्यक्ष रूपमा भूमिका रहेको बैङ्कका अध्यक्ष थानेश्वर पौडेलले बताउनुभयो।

    ‘यो उपाधि जित्नुमा बैङ्कका सरोकारवाला सबैको रचनात्मक साथ छ, यसले बैङ्कलाई थप व्यवस्थित र उत्कृष्ट सेवा प्रवाह गर्न जिम्मेवारी र दायित्व थपिदिएको छ’ पौडेलले भन्नुभयो।

    शाइन रेसुङ्गा लुम्बिनी प्रदेशमा केन्द्रीय कार्यालय भएको एक मात्र राष्ट्रिय स्तरको विकास बैङ्क हो। बैङ्कको ८ अर्ब अधिकृत पुँजी र ४ अर्ब ७३ करोड चुक्ता पुँजी रहेको छ। बैङ्कका देशभर ८८ वटा शाखा, एउटा एक्सटेन्सन काउन्टर र १८ वटा एटिएम सञ्चालनमा छन्।

    अन्य विधातर्फ वेस्ट म्यानेज्ड जनरल इन्स्योरेन्स कम्पनी अवार्ड सिद्धार्थ प्रिमियम इन्स्योरेन्सले, वेस्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी अवार्ड एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले, वेस्ट फाइनान्स कम्पनी अफ दि इयर अवार्ड मञ्जुश्री फाइनान्स लिमिटेडले, वेस्ट कमर्शियल बैङ्क सर्भिसिङ मार्जिनालाइज्ड जियोग्राफिकल एरियाज अवार्ड कृषि विकास बैङ्कले जितेको छ।

    यसै गरी वेस्ट कमर्शियल बैङ्क इन प्रिस्क्राइब्ड सेक्टर लेन्डिङ अवार्ड एनएमबि बैङ्क, वेस्ट म्यानेज्ड कमर्शियल बैङ्क अफ दि इयर अवार्ड स्ट्यान्डर्ड चार्टर्ड बैङ्क लिमिटेड, प्रिमियम होटल अफ दि इयर अवार्ड सोल्टी होटल लिमिटेड र ‘आउटस्ट्यान्डिङ हस्पिटल अफ दि इयर अवार्ड हस्पिटल फर एडभान्स्ड मेडिसिन एण्ड सर्जरी ह्याम्स र वेस्ट म्यानेज्ड कम्पनी अफ दि इयर अवार्ड नेशनल हेल्थ केयर प्रालिले पाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ