२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बुटवलका उद्योगी व्यापारीहरुलाई लक्षित गरि कामना सेवा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

images

  • २०८० चैत १०, शनिबार
  • 1.2K
    SHARES
  • बुटवलका उद्योगी व्यापारीहरुलाई लक्षित गरि कामना सेवा बैंकद्वारा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

    बुटवल : कामना सेवा विकास बैंक बुटवल क्षेत्रले ग्लोबल मनि विक २०२४ को उपलक्ष्यमा बुटवलका उद्योगी व्यापारीहरूलाई लक्षित गरी डिजिटल वित्तीय साक्षरता कार्यक्रम चैत्र १० गते सम्पन्न गरेको छ। 

    कार्यक्रममा उद्योगी व्यापारी तथा प्रतिनिधि गरी १५० जनाको उपस्थिति रहेको थियो। विश्व वित्तीय सप्ताह किशोर तथा युवाहरूमा वित्तीय शिक्षाको महत्त्व बारेमा जागरण ल्याउने Organization of Economic Cooperation and Development (OECDको संयोजनमा हरेक वर्ष मार्च १८ देखि २४ सम्म मनाउने गरिन्छ।


    बैंकका सञ्चालक भीम प्रसाद तुलाचनको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा रुपन्देही प्रहरी प्रमुख रञ्जित सिंह राठोरको प्रमुख आतिथ्यता रहेको थियो। लघुवित्त सङ्घका अध्यक्ष, उद्योगी व्यापारीहरू तथा विभिन्न सङ्घका प्रतिनिधिहरूको उपस्थिति रहेको उक्त कार्यक्रममा बैंकका कानुन विभागका प्रमुख डण्डापानी भट्टराई तथा केन्द्रीय सञ्चालन विभागका प्रमुख राहुल कुमारले प्रस्तुतीकरण गरेका थिए। 

    आजको युग डिजिटल युग भएको र यस डिजिटल युगमा अनेक अवसर भएता पनि डिजिटल माध्यमबाट नै धेरै ठगी हुने भएको भन्दै अनलाइन ठगी र डिजिटल बैङ्किङको चुनौतीको बारेमा प्रस्तुतीकरण गरिएको थियो। उक्त डिजिटल वित्तीय साक्षरता कार्यक्रम बैंकका बुटवल क्षेत्रको प्रमुख खीम लाल भुसालको सञ्चालनमा भएको थियो भने व्यापार सङ्घका अध्यक्ष दिपक प्रसाद अधिकारीले यस्तो डिजिटल वित्तीय साक्षरता कार्यक्रम निकै उपयोगी रहेकोले बैंक प्रति आभार व्यत गदै आगामी दिनमा समेत सहकार्यको अपेक्षा व्यक्त गरेका थिए। 

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरी रहेको छ।

    विश्व वित्तीय सप्ताह २०२४ को अवसर विभिन्न बैङ्क, बिमा कम्पनी, मर्चेन्ट बैंकर तथा ब्रोकरहरूले विभिन्न कार्यक्रम सञ्चालन गरेर सप्ताहलाई व्यापक रूपमा मनाएका छन्।

    #ksbbl #satkatkhabar

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ