काठमाडौं : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्री बालकृष्ण खाँणलाई म्याद थप गर्न काठमाडौं जिल्ला अदालत काठमाडौं लगिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पाउने ठगी प्रकरणमा अनुसन्धानका लागि प्रहरीले खाँणलाई हिरासतमा राख्न अदालतसँग अनुमति लिन लागेको हो । खाणलाई जरुरी पक्राउ पुर्जी जारी गर्दै खाँणलाई आज बिहानै पक्राउ गरिएको थियो ।



