काठमाडौं : डिप्रोक्स लघुवित्तको लाभांश सुरक्षित गर्ने आज चैत १४ गते बुधबार अन्तिम दिन रहेको छ। कम्पनीले आफ्नो साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोलि अर्थात चैत १५ लाई बुकक्लोज मिति तय गरेको थियो।
यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्र लघुवित्तले घोषणा गरेको लाभांस र साधारण सभामा सहभागिता जनाउन पाउनेछन।
कम्पनीले चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेर नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त गरेपछि सभा घोषणा गरेको हो।
सभा चैत २५ गते, आइतबार, पार्क सफारी रिसोर्ट, सौराहा, चितवनमा बिहान १० बजे बोलाइएको छ। सभाले मर्जर तथा एक्विजिशन सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु रहेका छन।



