काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक सामान्य अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक ४.७८ अङ्कले उकालो लागेर २०३५.६४ मा पुगेको छ। आज फ्लोट इण्डेक्स ०.०५ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ०.३६ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२७ अंक घटेको छ।
नेप्सेसँगै आज कारोबार रकम पनि सामान्य बढेको छ। कारोबार भएका १३ उपसमूहमध्ये ५ उपसमूहको शेयर मूल्य ओरालो लाग्दा ८ उपसमूहको शेयर मूल्यमा भने वृद्धि भएको छ।
कुल ६६ लाख १४ हजार ४ सय ४५ कित्ता शेयर किनबेच हुदा रु २ अर्ब ६५ करोड ३३ लाख ४९ हजार ४ सय ६८ मूल्यमा कारोबार भएको छ। कारोबारका आधारमा सर्वोत्तम सिमेन्ट शीर्षस्थानमा छ। सो कम्पनीको रु १९ करोड ३७ लाख ६२ हजार ८ सय ६९ बराबरको कारोबार भएको छ।
त्यस्तै, गुर्खाज फाइनान्स रु १६ करोड १९ लाख ८९ हजार ५ सय ५८, शिवम् सिमेन्ट रु १५ करोड ३९ लाख ३३ हजार ६ सय ४९, सोनापुर मिनरल्स रु ११ करोड १८ लाख ५३ हजार १ सय ६८ र पिपल्स पावर रु ७ करोड ३ लाख २३ हजार १ सय ७९ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन्।
नेप्सेका अनुसार हिमालयन ऊर्जा विकास कम्पनी १०, सर्वोत्तम सिमेन्ट ९.९६, हिमालयन हाइड्रोपावर ८.७३, सामलिङ पावर कम्पनी ८.०७ र पिपल्स पावरका लगानीकर्ताले ७.४४ प्रतिशतले कमाएका छन्।
उन्नति सहकार्य लघुवित्त १०, धवलागिरि लघुवित्त १०, हिमालयन बैंकको म्युचुअल फण्ड ६.८०, जोशी हाइड्रोपावर ३.३४ र मैलुङ खोला जलविद्युत् कम्पनीका लगानीकर्ताले ३.२८ प्रतिशतले गुमाएका छन्।



