२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पेट्रोलको भाउ लिटरमै ११ रुपैयाँले घट्यो

images

  • २०८० असोज २८, आइतबार
  • 806
    SHARES
  • पेट्रोलको भाउ लिटरमै ११ रुपैयाँले घट्यो

    असोज २८, काठमाडौं : आइतबार राति १२ बजेदेखि लागु हुने गरी नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ। निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजलको मूल्य लिटरमा ५ रुपैयाँले घटाएको हो ।

    भारतीय आयल कर्पोरेसन (आईओसी)बाट घटेर नयाँ मूल्य प्राप्त भएका कारण मूल्य समायोजन गरिएको निगमले जनाएको छ। नयाँ मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १७३ रुपैयाँमा झरेको छ भने डिजलको प्रतिलिटर मूल्य १६८ रुपैयाँ पर्नेछ।

    यसैगरी, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु एक सय ७१ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६७ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर एक सय ७२ र डिजेलको मूल्य प्रतिलिटर रु एक सय ६८ तोकिएको छ।
     
    यसअघि, चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १८० तथा डिजेलको मूल्य प्रतिलिटर १७० रुपैयाँ ५० पैसा, दाङ र सुर्खेतमा पेट्रोलको मूल्य प्रतिलिटर रु १८२ र डिजेलको मूल्य प्रतिलिटर रु १७२ तथा काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १८३ र डिजेलको मूल्य प्रतिलिटर रु १७३ थियो।

    दशैँको मुखैमा पेट्रोलियम पदार्थको भाउ घट्दा उपभाेक्तालाई केही भए पनि राहत भएको छ। यसअघि गएको १५ गते निगमले पेट्रोलियम पदार्थकाे भाउ बढाएको थियो तर चौतर्फी आलोचना भएपछि सरकारको निर्देशनमा निगमले मूल्यवृद्धि फिर्ता लिएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ