२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनचाँदी

सुनचाँदी दुवैको मूल्य अहिलेसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८० चैत २२, बिहीबार
  • 1.1K
    SHARES
  • सुनचाँदी दुवैको मूल्य अहिलेसम्मकै महँगो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : साताको पाँचौं कारोबार दिन आज बिहिबार सुनचाँदी दुवैको मूल्य बढेको छ। हिजो बुधबार प्रतितोला १ लाख ३३ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज १ हजार रुपैयाँले बढेर १ लाख ३४ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन हालसम्म कै उच्च मूल्य हो।

    त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३३ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ भने हिजो बिहीबार बुधबार तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३२ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन मूल्य पनि हालसम्म कै उच्च हो। हिजो बुधबार चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय १० रुपैयाँमा कारोबार भइरहेको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १४ हजार ८ सय ८५  रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १४ हजार ३ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४ सय १४.५० रुपैयाँ तोकेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ