२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
इन्डियन प्रिमियर लिग (आईपीएल) २०२४

गुजरातलाई ३ विकेटले हराउँदै पञ्जाबको रोमाञ्चक जित

images

  • २०८० चैत २३, शुक्रबार
  • 591
    SHARES
  • गुजरातलाई ३ विकेटले हराउँदै पञ्जाबको रोमाञ्चक जित

    काठमाडौँ : इन्डियन प्रिमियर लिग (आईपीएल) मा पञ्जाब किङ्ग्सले गुजरात टाईटन्समाथि ३ विकेटको रोमान्चक जित हात पारेको छ। गुजरातले दिएको २ सय रनको लक्ष्य पञ्जाबले १९.५ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो। जितसँगै पञ्जाब ४ खेलमा २ जित हात सहित पाँचौँ स्थानमा छ भने गुजरात ४ खेलमा समान २ जित सहित छैटौं स्थानमा छ।

    पञ्जाबका लागि शशाङ्क सिंहले सर्वाधिक ६१ रन बनाएका थिए भने प्रभसिम्रन सिंह ३५ रन, आशुतोष शले ३१ रन, जोनी बेयरस्टो २२ रन, र सिकन्दर राजा १५ रनमा बनाएका थिए।  

    बलिङमा गुजरातका लागि नूर अहमदले २ तथा अजमतुल्लाह ओमारजाई, उमेश यादव, राशिद खान, मोहित शर्मा र दर्शन नलकण्डेले समान १–१ विकेट लिएका थिए।

    नरेन्द्र मोदी स्टेडियम अहमदाबादमा टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९९ रन बनाएको थियो। गुजरातका लागि कप्तान शुभमन गिलले सर्वाधिक ८९ रन बनाएका थिए। साथै साई सुदर्शनले ३३ रन , राहुल टेवाटिया २३ रन र ऋद्धिमान शाह ११ रन बनाएका थिए। 

    बलिङमा पञ्जाबका लागि कागीसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेलले १–१ विकेट लिएका थिए।

    आईपिएलमा आज बेलुका पौने ८ बजे हैदरावादमा चेन्नई सुपर किङ्स र सनराईजर्स हैदराबाद खेल्दैछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ