२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो

images

  • २०८० चैत २४, शनिबार
  • 991
    SHARES
  • पर्सामा महिलाका नाममा साना उद्योग दर्ता बढ्यो

    वीरगञ्ज : पर्सामा महिलालाई मुख्य सञ्चालक बनाएर साना उद्योग दर्ता गर्ने क्रम बढेको छ। सरकारले महिला सञ्चालक भएका उद्योग दर्तामा ३५ प्रतिशतमात्र दस्तुर लाग्ने व्यवस्था गरेपछि उद्योग  दर्ता बढेको हो।     

    दैनिक १० देखि १२ वटासम्म नयाँ उद्योग  दर्ता हुने गरेकामा करिब ७० प्रतिशत  व्यापार महिलाकै नाममा दर्ता हुने गरेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख धनञ्जयकुमार सिंहले बताउनुभयो। उहाँका अनुसार चालु आर्थिक वर्षको आठ महिनामा पर्सामा ६ सय ७३ नयाँ उद्योग दर्ता भएकामा तीमध्ये २ सय ९९ व्यवसायका सञ्चालक महिला छन्। महिलाका नाममा दर्ता भएका व्यवसायमा सिलाइकटाइ, ब्युटीपार्लर छन्भने उद्योगतर्फ  कृषि, माछा तथा पशुपालन छन्। 

     नयाँ दर्ता भएका उद्योगमा एक हजार सात सय नौ जना पुरुष र १ हजार २ सय ८० जना महिलाले रोजगारी पाएका उक्त कार्यालयले जनाएको छ। आठ महिनमा १६ वटा उद्योगको नाम संशोधन, ३७ वटाको नामसारी, २५ वटाको ठाउँ सारी, पाँच वटा उद्योगको वातावरण परीक्षण, एक सय २५ वटा उद्योगको पुँजीवृद्धि गरिएको छ।   

    सो अवधिमा ७ सय २६ वटा उद्योगको नवीकरण, ७९ वटाको लगत कट्टा, ६ वटाको शाखा विस्तार तथा ३३ वटा उद्योगको उद्देश्य थप गरिएको छ। नयाँ उद्योग दर्ता, नवीकरणलगायत सेवा प्रवाहबाट राज्यकोषमा रु ५४ लाख १९ हजार ७५ दाखिला भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ