२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन बढ्यो २ हजार ९ सय

images

  • २०८० चैत २५, आइतबार
  • 1.2K
    SHARES
  • सुनको मूल्य हालसम्मकै उच्च, एकै दिन बढ्यो २ हजार ९ सय

    काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ३५ हजार ६ सय कायम भएको छ। शुक्रबार छापावाला सुन प्रतितोला रु १ लाख ३२ हजार ७ सयमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला रु २ हजार ९ सयले वृद्धि भएको छ।

    यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ हजार ९ सयले बढेर रु १ लाख ३४ हजार ९ सय ५० निर्धारण भएको छ। शुक्रबार तेजाबी सुन रु १ लाख ३२ हजार ५० निर्धारण भई कारोबार भएको थियो।

    यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ६ सय ७० निर्धारण भएको छ। शुक्रबार चाँदीको मूल्य रु १ हजार ६ सय १५ मा कारोबार भएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ