२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

२२.७५ अङ्कले बढ्यो नेप्से, ४ अर्ब २५ करोडको कारोबार?

images

  • २०८० चैत २५, आइतबार
  • 1.4K
    SHARES
  • २२.७५ अङ्कले बढ्यो नेप्से, ४ अर्ब २५ करोडको कारोबार?

    नेप्सेसँगै आज कारोबार रकम पनि बढेको छ।

    काठमाडौँ : साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंक बढेर बन्द भएको छ। आज नेप्से परिसूचक २२.७५ अङ्कले उकालो लागेर २०२६.८१ मा पुगेको छ। आज फ्लोट इण्डेक्स १.४२ अंक बढेको छ भने सेन्सेटिभ इण्डेक्स ३९७  अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.४० अंक घटेको छ।

    आज १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ। आज वित्त उपसमूहको परिसूचक सर्वाधिक ५.९५ प्रतिशत बढेको छ भने विकास बैंक उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी बढेको छ तथा जलविद्युत, जीवन बीमा, उत्पादन तथा प्रशोधन र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ साथै, होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक सामान्य घटेको हो।

    आज ५ कम्पनीको शेयर सकारात्मक सर्किट लागेका छ जसमा नेपाल फाइनान्स, पोखरा फाइनान्स, जानकी फाइनान्स, गुराँस लघुवित्त वित्तीय संस्था र मानुषि लघुवित्त वित्तीय संस्था रहेका छन् भने तारागाउँ रिजेन्सी होटलको शेयर नकारात्मक सर्किट लागेका छ।  

    आज १९० कम्पनीको मूल्य बढेको छ भने ४८ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ७  कम्पनीको मूल्य स्थिर रहेको छ। आज ३११ कम्पनीको ६४ हजार २ सय २१ पटकको कारोबारमा ४ अर्ब २५ करोड ६६ लाख रुपैयाँ बराबरको १ करोड १२ लाख १० हजार कित्ता शेयर किनबेच भएको छ।

    कारोबार रकमका आधारमा आज नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर शीर्ष स्थानमा ९५ करोड २० लाख रुपैयाँ बराबर खरिदबिक्री भएको छ भने गोर्खाज फाइनान्सको १९ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ तथा सूर्यज्योति लाइफ इन्स्योरेन्सको ११ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ