काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको अध्यक्षमा कमलेश अग्रवाल निर्विरोध निर्वाचित भएका छन्। काठमाडौंको जमलस्थित चेम्बर भवनमा भएको ७३औं वार्षिक साधारणसभाबाट अग्रवाल अध्यक्षमा निर्विरोध निर्वाचित भएका हुन्। उनी यसअघि चेम्बरको वरिष्ठ उपाध्यक्ष थिए।
निवर्तमान अध्यक्ष राजेन्द्र मल्लले नवनिर्वाचित अध्यक्ष अग्रवाललाई कार्यभार हस्तान्तरण एवम् शुभकामना व्यक्त गरेनु भएको थियो।
त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दीपककुमार मल्होत्रा, उद्योगतर्फ दिपक श्रेष्ठ, द्विराष्ट्रियमा निलकण्ठ चौलागाईं,वाणिज्यतर्फको उपाध्यक्षमा उर्मिला श्रेष्ठ, जिल्ला तर्फको उपाध्यक्षमा सन्तोषकुमार पाण्डे र वस्तुगत संघतर्फ सुरेन्द्रकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्।
साथै, ७३औं वार्षिक साधारणसभाले अर्जुनप्रसाद शर्मालाई मानार्थ उपाध्यक्ष चयन गरेको छ। ७६ सदस्यीय चेम्बरको कार्यसमितिमा मनोनित बाहेक ५५ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका छन्।



