२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

images

  • २०८० चैत २८, बुधबार
  • 1.0K
    SHARES
  • सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

    काठमाडौँ : सर्वोत्तम सिमेन्टको लाभांश सुरक्षित गर्ने आज बुधवार अन्तिम दिन रहेको छ। कम्पनीले साधारणसभा प्रयोजनको लागि चैत्र ३० गते बुक क्लोज गर्ने निर्णय गरेको थियो तर चैत्र २९ गते ईदको सार्वजनिक विदा परेको छ। यस अनुसार आज चैत्र २८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयर धनीहरूले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको कुल १५ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। यस अनुसार कम्पनीले कुल ६९ करोड ७५ लाख बराबरको नगद लाभांश वितरण गर्दै छ भने हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब ६५ करोड रहेको छ। 

    कम्पनीको वार्षिक साधारण सभा वैशाख १२ गते बुधबार रुपन्देहीमा बिहान ११ बजे बोलाइएको छ। साधारणसभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन्। कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ। 

    यसका साथै, आर्थिक वर्ष २०७७/०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने,लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाहको विवरण लगायतका वित्तीय विवरणहरु सहित अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०८०/०८१ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका प्रस्तावहरू सभामा पारित हुनेछन्।


    त्यसैगरी, संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरु ५, सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालक १ जना र १ जना स्वतन्त्र सञ्चालक नियुक्ती गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ