काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ३६ हजार ८ सय कायम भएको छ। मंगलबार छापावाला सुन प्रतितोला रु १ लाख ३६ हजार ३ सयमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला रु ५ सयले वृद्धि भएको छ।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला ५ सयले बढेर रु १ लाख ३६ हजार १ सय ५० निर्धारण भएको छ। मंगलबार तेजाबी सुन रु १ लाख ३५ हजार ६ सय ५० निर्धारण भई कारोबार भएको थियो।
यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ७ सय निर्धारण भएको छ। मंगलबार चाँदीको मूल्य रु १ हजार ६ सय ८५ मा कारोबार भएको थियो।
अन्तराष्ट्रिय बजारमा बुधबार सुन प्रतिऔंस सुन २ हजार ३ सय ५५.०६ डलरमा कारोबार भइरहेको छ भने प्रतिऔंस चाँदी २८.०२ डलरमा कारोबार भइरहेको छ। अन्तराष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस सुन २ हजार ३ सय ४४.७७ डलरमा र प्रतिऔंस चाँदी २७.७८ डलरमा कारोबार भएको थियो।



