काठमाडौँ : लगातार उकालो लागेर कीर्तिमान कायम गरेको सुनको मूल्यमा आज भने घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ३६ हजार ६ सय कायम भएको छ। बुधबार छापावाला सुन प्रतितोला रु १ लाख ३६ हजार ८ सयमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला रु २ सयले गिरावट आएको हो।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सयले घटेर रु १ लाख ३५ हजार ९ सय ५० निर्धारण भएको छ। बुधबार तेजाबी सुन रु १ लाख ३६ हजार १ सय ५० निर्धारण भई कारोबार भएको थियो।
यसैगरी आज चाँदीको मूल्य भने स्थिर छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ७ सय निर्धारण भएको छ।



