२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै 

images

  • २०८० कात्तिक ४, शनिबार
  • 566
    SHARES
  • आज दशैंको सातौं दिन फुलपाती भित्र्याइँदै 

    कात्तिक ४, काठमाडौं : आज फूलपाती, देशभरि पूजाआजा गरेर धार्मिक विधिपूर्वक फूलपाती भित्र्याइन्छ।

    घटस्थापनादेखि पूजाआजा गरिएको दशैँघर अथवा पूजाकोठामा शुभ साइतको प्रतीकका रुपमा उखु, हलेदो, केराको बोट, धानको बाला, बेलपत्र, दारिम, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत भित्र्याउने गरिन्छ। आज हनुमानढोका दरबारमा रहेको दशैँ घरमा पनि फूलपाती भित्र्याइँदैछ।

    नेपाल पञ्चाङ्ग निर्णयक समितिका अनुसार  फूलपाती स्वरूप केरा, दाडिम, धान, हलेदो, मानवृक्ष, कवि, बेल, अशोक र जयन्ती नाम गरिएका नवपत्रलाई पूजा गरी दुर्गापूजा गरेको ठाउँमा भित्र्याउने प्रचलन छ।

    नौ पातमा क्रमशः ब्रामायणी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिवा, शोकहारिणी र कात्तिकी देवीलाई आहृवान गरेर पूजा पनि गरिन्छ। आज किसानले खेतमा गइ चन्दन, अक्षता र फूलले धानको पूजा गरी धानका बाला र बोट घरमा भित्र्याउने गर्छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ