२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदीको मूल्य हालसम्मकै उच्च, एकै दिन २४ सयले बढ्यो ?

images

  • २०८० चैत ३०, शुक्रबार
  • 816
    SHARES
  • सुनचाँदीको मूल्य हालसम्मकै उच्च, एकै दिन २४ सयले बढ्यो ?

    काठमाडौँ : स्थानीय बजारमा पहेँलो धातुको मूल्य लगातार उकालो लागिरहेको छ। लगातार उकालो लागेको सुनको मूल्यमा आज नयाँ कीर्तिमान कायम भएको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ३९ हजार कायम भएको छ जुन हालसम्मकै उच्च मूल्य हो। बिहिबार छापावाला सुन प्रतितोला रु १ लाख ३६ हजार ६ सयमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला रु २ हजार ४ सयले वृद्धि भएको छ।

    यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ हजार ४ सयले बढेर रु १ लाख ३८ हजार ३ सय ५० निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।  बिहिबार तेजाबी सुन रु १ लाख ३५ हजार ९ सय ५० निर्धारण भई कारोबार भएको थियो।

    यसैगरी चाँदीको मूल्य पनि उकालो लागेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ७ सय ५० रुपैयाँ निर्धारण भएको छ जुन हालसम्मकै उच्च मूल्य हो। बिहिबार चाँदीको मूल्य रु १ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १९ हजार १७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १६ हजार ५५५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १५ सय ५० पैसा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ