काठमाडौं : बजारमा अधिक तरलता भएसँगै विकास बैंकहरुले पनि वैशाख महिनाको लागि ब्याजदर घटाएका छन्। भोली अर्थात २०८१ वैशाख १ गतेदेखि लागू हुने गरी अधिकांश बैंकले आज आफ्नो कायम ब्याजदर घटाएका हुन्।
हाल संचालनमा रहेका सबै विकास बैंकले २०८१ वैशाख १ गतेदेखि लागु हुने गरी नयाँ निक्षेप ब्याजदर सार्वजनिक गरेका छन्। विकास बैंकमध्ये १२ वटा विकास बैंकले ब्याजदर घटाएको छन् भने ३ वटा बैंकले स्थिर ब्याजदर बढाएका छन्।
विकास बैंकहरुले वैशाख महिनाका लागी व्यक्तिगततर्फ १५ वटा विकास बैंकहरूले मुद्दती निक्षेपमा औसत ०.२४ प्रतिशत घटाएका छन् भने संस्थागततर्फ ०.०९ प्रतिशत ब्याजदर घटाएका छन्।
विकास बैंकहरुले वैशाख महिनाका लागी विकास बैंकहरुले औसत ब्याजदर ७.१८ प्रतिशत कायम गरेका छन्। चैत्र महिनामा यिनीहरुको औसत ब्याजदर ८.४२ प्रतिशत थियो। यस्तै, व्यक्तिगततर्फ १५ वटा विकास बैंकहरूले मुद्दती निक्षेपमा औसत ०.२४ प्रतिशत घटाएका छन् भने संस्थागततर्फ ०.०९ प्रतिशत ब्याजदर घटाएका छन्।
व्यक्तिगततर्फ कर्णाली डेभलपमेन्ट बैंक ९ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ९ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक ८.५ प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ८.५ प्रतिशत, सिन्धु विकास बैंक ८.५१ प्रतिशत, कामना सेवा विकास बैंक ८ प्रतिशत, महालक्ष्मी विकास बैंक ७.७५ प्रतिशत, एक्सल डेभलपमेन्ट बैंक ८.२५ प्रतिशत, लुम्बिनी विकास बैंक ७.७५ प्रतिशत, ज्योति विकास बैंक ७.७५ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंक ७.७५ प्रतिशत, गरिमा विकास बैंक ७.७५ प्रतिशत र मुक्तिनाथ विकास बैंक ७.७५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन्।
संस्थागततर्फ कर्णाली डेभलपमेन्ट बैंक ८ प्रतिशत, सप्तकोशी डेभलपमेन्ट बैंक ७.५ प्रतिशत, कर्पोरेट डेभलपमेन्ट बैंक ८ प्रतिशत, लुम्बिनी विकास बैंक ७.५ प्रतिशत, सिन्धु विकास बैंक ६.८१ प्रतिशत, महालक्ष्मी विकास बैंक ६.७५ प्रतिशत, कामना सेवा विकास बैंक ६.७५ प्रतिशत, एक्सल डेभलपमेन्ट बैंक ७.२५ प्रतिशत, ज्योति विकास बैंक ६.७५ प्रतिशत, सांग्रिला डेभलपमेन्ट बैंक ६.७५ प्रतिशत, गरिमा विकास बैंक ६.५० प्रतिशत, शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक ६.७५ प्रतिशत, मुक्तिनाथ विकास बैंक ६.७५ प्रतिशत र ब्याजदर निर्धारण गरेका छन्।



