२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बराहपोखरीबाट रु एक करोड ७५ लाखको खसी बिक्री

images

  • २०८० कात्तिक ४, शनिबार
  • 861
    SHARES
  • बराहपोखरीबाट रु एक करोड ७५ लाखको खसी बिक्री

    कात्तिक ४,खोटाङ : दसैँ तिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट रु १ करोड ७५ लाख बढीको खसी काठमाडौँ निर्यात भएको छ। खसीबाख्रापालनका लागि उपयुक्त भूगोल मानिने बराहपोखरीबाट ठेकेदारको पाँच समूहले ८ सय ७५  खसी काठमाडौँ पुर्याएका छन्।

    एउटा खसीको सरदर मूल्य रु २० हजार मान्दा रु १ करोड ७५ लाखभन्दा बढी रकम पालिका भित्रिएको बराहपोखरी गाउँपालिकाका पशु सेवा शाखा प्रमुख आशिष बञ्जराले जानकारी दिनुभएको छ। खसी खरिदका लागि ठेकेदारको समूह गाउँपालिकाका छवटै वडाका किसानको घर–घरमा पुगेका थिए। 

    दसैँतिहारका अवसरमा घरैमा खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले रु ५–६ लाखसम्म हात पारेका छन्। कतिपय किसानले एउटै खसी ८० केजी तौलसम्मका बिक्री गरेका छन्। किसानबाट खरिद गरिएको खसीलाई ठेकेदारले धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठवटा ट्रक र दुईवटा बोलेरोमा हालेर अन्यत्र लगेका थिए। उनीहरुले खसीलाई धाप्लाङघाटसम्म हिँडाएर पुर्याएका थिए। 

    कतिपय खसी यही कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौँ पुर्याएको पशु सेवा शाखा प्रमुख बञ्जराले जानकारी दिनुभएको छ। कतिपय किसानले आफैँ उदयपुरको गाईघाटमा लगेर खसी बिक्री गरिरहेका छन्।

    दश स्थानीय तह रहेको जिल्लाबाट यस वर्षको दसैँ तिहारका अवसरमा करोडौँ मूल्य बराबरको खसी निर्यात भएको बाख्रापालन व्यवसायी सङ्घ खोटाङले जनाएको छ। दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा पछिल्लो समय व्यावसायिकरूपमा बाख्रापालन गर्ने किसानको सङ्ख्या बढ्दै गएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ