२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर तराईमा आज छठ मनाइँदै

images

  • २०८१ वैशाख २, आइतबार
  • 946
    SHARES
  • अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिएर तराईमा आज छठ मनाइँदै

    वीरगञ्ज : तराई मधेस क्षेत्रमा श्रद्धा भक्तिपूर्वक मनाइने चैती छठपर्वको मुख्य दिन आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर मनाइँदै छन्। 

    ४ दिनसम्म मनाइने चैती छठ पर्व अन्तर्गत आज तेस्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिइने र भोलि अन्तिम दिन बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि यस वर्षको चैती छठपर्व सम्पन्न हुन्छ।

    यो पर्वका लागि अहिले वीरगञ्जस्थित घडिअर्वा पोखरी, रानीघाटको सिर्सिया नदी, नगवा, छपकैयालगायत स्थानका पोखरी तथा तलाउलाई दुलहीझैँ श्रृङ्गारिएका छन्। चैती छठपर्वमा सूर्य भगवान् र छठीमातालाई चढाउन गहुँ वा चामलको पिठोबाट ठेकुवा, भुसुवा लगायत परिकार बनाउने गरिन्छ।

    प्रसादका रुपमा मुला, गाँजर, ज्यामिर, नरिवल, सुन्तला, केरा, स्याउलगायत फलफूल चढाउने परम्परा रहेको पण्डित रामकुमार शास्त्रीले बताउनुभयो। शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक छठपर्व मनाउने प्रचलन रहेको उहाँले जानकारी दिनुभयो । शरद् ऋतुमाजस्तो वसन्त ऋतुमा मनाउने छठको उल्लास भने नहुने पण्डित शास्त्रीले बताउनुभयो। 

    छठपर्वमा प्रसादका रूपमा प्रयोग हुने सामग्री किन्न बजारमा चहलपहल बढेको छ। छठपर्वको प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने र छालाजन्य रोग कहिले नलाग्ने जनविश्वास रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ