२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वीरगञ्ज भन्सारद्वारा आठ महिनामा रु १ करोड ६६ लाखबढी राजस्व सङ्कलन

images

  • २०८१ वैशाख २, आइतबार
  • 1.1K
    SHARES
  • वीरगञ्ज भन्सारद्वारा आठ महिनामा रु १ करोड ६६ लाखबढी राजस्व सङ्कलन

    वीरगञ्ज : राजस्व अनुसन्धान कार्यालय पथलैया बाराले चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा रु १ करोड ६६ लाख भन्दाबढी राजस्व सङ्कलन गरेको छ। राजस्व छलिको आशङ्कामा विभिन्न जिल्लाका प्रहरी कार्यालय तथा निकायबाट नियन्त्रणमा लिई बुझाइएका सवारीसाधन तथा फार्ममाथि कारबाही गरी कार्यालयले चालु अवको फागुन मसान्तसम्ममा सो बराबरको राजस्व सङ्कलन गरेको हो। 

    कार्यालयका सूचना अधिकारी प्रमोद कुमार चौधरीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी अन्तर्गतका विभिन्न कार्यालयबाट नियन्त्रणमा लिई कारबाहीका लागि सो अवधिमा बुझाइएका तीन सय चार फार्म तथा सवारीसाधनमाथि कारबाही गरी राजस्व सङ्कलन गरिएको छ। 

    उक्त अवधिमा जिल्ला प्रहरी कार्यालय बारा वा अन्तर्गतका कार्यालयबाट बुझाइएका १ सय ७२ फार्म तथा सवारीसाधनमाथि गरिएको कारबाहीबाट सबै भन्दा बढी रु ५९ लाख १६ हजार ५० राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो।  

    जिल्ला प्रहरी कार्यालय पर्सा वा अन्तर्गतका कार्यालयबाट कारबाहीका लागि आएका फार्म तथा सवारीसाधनबाट रु २९ लाख ५६ हजार ५ सय ६०, मकवानपुर वा अन्तर्गतका कार्यालयबाट रु १८ लाख ७९ हजार ८ सय ४८, जिल्ला प्रहरी कार्यालय धनुषा र सर्लाहीबाट नियन्त्रणमा लिइएको २/२ वटा सवारी साधनबाट रु ७५ हजार राजस्व सङ्कलन भएको सूचना अधिकारी चौधरीले जानकारी दिनुभयो। 

    सशस्त्र प्रहरी बल पर्सा वा अन्तर्गतबाट आएको १९ वटा सवारी साधनबाट रु ३७ लाख ८० हजार, बारा वा अन्तर्गतले नियन्त्रणमा लिएको ११ सवारीसाधनबाट रु १५ लाख ७ हजार ६ सय ७२, मकवानपुरबाट आएका १५ वटा सवारीसाधन तथा फार्मबाट रु २ लाख र सशस्त्र प्रहरी बल धनुषा वा अन्तर्गतबाट प्राप्त २ सवारी साधनबाट रु ५० हजार राजस्व सङ्कलन भएको उहाँको भनाइ छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ