२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज राति १२ बजेसम्म बाँकेमा मदिरा किनबेच र उपभोग गर्न रोक

images

  • २०८० कात्तिक ८, बुधबार
  • 636
    SHARES
  • आज राति १२ बजेसम्म बाँकेमा मदिरा किनबेच र उपभोग गर्न रोक

    कात्तिक ८, बाँके : जिल्ला प्रशासन कार्यालय बाँकेले दुर्गा भवानीको मूर्ति विसर्जनका दिन आज जिल्लाभरि नै जाँडरक्सी खान र बेच्न रोक लगाएको छ।

    कार्यालयले विज्ञप्ति निकालेर आज बुधवार दुर्गाको मूर्ति विसर्जनका लागि जुलुस निस्कने भएकाले जुलुसलाई सभ्य, शान्त, अनुशासित एवम् मर्यादित बनाउन बिहान ८ बजेदेखि राति १२ बजेसम्म जिल्लाभरि नै जाँडरक्सी ओसारपसार, बिक्री वितरण तथा उपभोगमा पूर्ण निषेध गरिएको जनाएको छ।

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले जारी गरेको विज्ञप्तिमा जिल्लाको समग्र शान्ति सुरक्षा, सुव्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राखेर एक दिनका लागि पूर्ण रूपमा जाँडरक्सी खान र बेच्न प्रतिबन्ध गरेको उल्लेख छ।

    अटेर गरी कुनै पनि गतिविधि भएमा कानुन अनुसार कारबाही हुने विज्ञप्तिमा भनिएको छ। दशैँको भोलिपल्ट विभिन्न ठाउँमा दुर्गा भवानीको मूर्ति पवित्र जल कुण्ड/नदी घाटहरूमा विसर्जन गर्ने परम्परा छ। मूर्ति विसर्जनका लागि बाँकेमा समय सीमा निर्धारण गरिएको छ। भरे बेलुका ५ बजे अघि नै मूर्ति विसर्जन गर्न पनि जिल्ला प्रशासन कार्यालय बाँकेको अनुरोध छ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ