२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ वैशाख ३, सोमबार
  • 1.2K
    SHARES
  • सुनचाँदी दुवैको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : साताको दोस्रो कारोबार दिन आज सोमबार सुनचाँदी दुवैको मूल्य बढेको छ। हिजो आइतबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले बढेर १ लाख ३७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ। 

    यसै गरी, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ भने हिजो आइतबार तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको थियो।

    त्यस्तै, चाँदीको मूल्य २५ रुपैयाँले बढेर आज प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ भने हिजो आइतबार चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १७ हजार ८५५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १७ हजार ३२५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ७०.५० रुपैयाँ तोकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ