२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विपदबाट गत वर्ष ४ सय ९३ जनाको मृत्यु, साढे पाँच अर्बको क्षति

images

  • २०८१ वैशाख ३, सोमबार
  • 961
    SHARES
  • विपदबाट गत वर्ष ४ सय ९३ जनाको मृत्यु, साढे पाँच अर्बको क्षति

    काठमाडौँ : विसं २०८० मा विपद्जन्य घटनाबाट ४ सय ९३ जनाको मृत्यु भएको छ। विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने १ हजार ६ सय १६ जना घाइते भएका छन्। 

    राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहसचिव भरतमणि पाण्डेका अनुसार कूल ६ हजार ४ सय ४ विपद्जन्य घटना भएकामा त्यसमा परेर ८० हजार ७ सय १६ परिवार प्रभाभावित भएका थिए। विपद्जन्य घटनाका कारण कूल रु ५ अर्ब ४२ करोड ५६ लाखको क्षति भएको छ।  

    गत वर्ष पहिरो, बाढी, डुङ्गा दुर्घटना, चट्याङ, सर्पदंश, आगलागी, भारी वर्षा, गैरप्राकृति विपद्, हुरीबतास, भूकम्प, फ्लु, जनावर आक्रमण, हिमपहिरो, डढेलो, हिमपात लगायतका घटना भएका थिए। गत वर्ष कात्तिकमा गएको जाजरकोट भूकम्पबाट सबैभन्दा बढी १ सय ५५ जनाको मृत्यु भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ। त्यसपछि धेरै क्षति आगलागीका कारण भएको सहसचिव पाण्डेले बताउनुभयो। 

    मुलुकभर २०८० मा वैशाख १ देखि चैत ३० गतेसम्म आगलागीका ४ हजार ६१ घटना भएका थिए। त्यसमा परेर १ सय ६ जनाको मृत्यु भएको थियो ५ सय ६ जना घाइते भएका थिए। कूल ५ हजार १ सय ३० परिवार प्रभावित भएका थिए। आगलागीबाट रु २ अर्ब ५२ करोड भन्दा बढीको क्षति भएको थियो।
     
    यसैगरी गत वर्ष २ सय ५० वटा चट्याङका घटना भएका थिए जसमा परेर ४६ जनाको मृत्यु भएको थियो भने २ सय २८ जना घाइते भएका थिए। जनावरको आक्रमणबाट ४५ जनाको मृत्यु तथा २ सय ७८ जना घाइते भएका सहसचिव पाण्डेले जानकारी दिनुभयो।

    गत वर्ष उच्च उचाइका कारण १५, पहिरोमा परेर ५०, बाढीबाट १८, सर्पदंशबाट २०, हिमपहिरोबाट १२ र  वन डढेलोबाट ११ जनाको मृत्यु भएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ