२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलटको निधन

images

  • २०८० कात्तिक ८, बुधबार
  • 1.2K
    SHARES
  • हेलिकोप्टर दुर्घटनामा घाइते भएका मनाङ एयरका पाइलटको निधन

    कात्तिक ८, काठमाडौं : गत असोज २७ गते दुर्घटनामा परेका मनाङ एयरका पाइलट प्रकाश कुमार सेढाईंको निधनभएको छ।

    उनले चलाएको हेलिकोप्टर सोलुखुम्बुमा दुर्घटना भएको थियो। दुर्घटनामा परी पाइलट सेढाईं घाइते भएका थिए। उनलाई तत्काल उपचारका लागि काठमाडौंको ह्याप्स अस्पताल लगिएको थियो। तर त्यहाँ उपचार हुन नसकेपछि थप उपचारका लागि मुम्बई लगिएको थियो।

    नेसनल बर्न सेन्टर, मुम्बईमा उपचाररत उनको मंगलबार निधन भएको मनाङ एयरले विज्ञप्तिमार्फत् बताएको छ। दुर्घटनामा उनको शरीरको ५० प्रतिशतभन्दा बढी भाग जलेको बताइएको छ।

    सेढाईं कुशल र अनुभवी पाइलटका रूपमा चिनिन्छन्। मनाङ एयरका अनुसार सेढाईंको शव आजै काठमाडौं ल्याउने तयारी भइरहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ