२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

वाइवाइ चाउचाउको आइपिओ अब छिट्टै आउने

images

  • २०८१ वैशाख ४, मंगलबार
  • 746
    SHARES
  • वाइवाइ चाउचाउको आइपिओ अब छिट्टै आउने

    काठमाडौँ : नेपालमा अत्यधिक सफल वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुप अन्तर्गत सिजी फुड्सले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको छ।

    चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले सामाजिक सञ्जाल एक्समार्फत वाइवाइ उत्पादक कम्पनीको आइपिओ जारी गर्न लागेको जनाएका हुन्। उनले लेखेका छन्, "तपाईंको सबैभन्दा प्रिय वाइवाइ चाउचाउको आइपिओ नेपालमा जारी गर्न लागेको खबर सुनाउन हामी अति नै उत्साहित भएका छौँ।"


    चौधरी ग्रुपअन्तर्गतको सिजी फुड्सले वाइवाइ चाउचाउ उत्पादन गर्ने गर्दछ। कम्पनीले आइपिओ जारी गर्ने बताएसँगै नेपालबाट चौधरी ग्रुपले डाइभेस्ट गर्ने योजना अघि बढाउन थालेको टिप्पणी भएको छ। केही समय अघि चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीले सोही भावको अभिव्यक्ति दिएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ