२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज चैतेदशैं पर्व मनाइँदै

images

  • २०८१ वैशाख ४, मंगलबार
  • 756
    SHARES
  • आज चैतेदशैं पर्व मनाइँदै

    काठमाडौं : आज चैतेदशैं पर्व मनाइँदै छ। हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ। यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ।

    वसन्तीय नवरात्रको आठौं दिन धुमधामका साथ देशभर चैतेदशैं पर्व मनाउने चलन छ। यो शारदीय नवरात्रपछिको सबैभन्दा ठूलो दशैं हो। चैते दशैंमा पनि दहि–चिउरा खाने र देवीको पूजापाठ गर्ने चलन छ। 

    काठमाडौं उपत्यका देवी मन्दिरहरुमा आज बिहानैदेखि भक्तजनहरुको घुइँचो लागेको छ। हनुमानढोकामा आज बलीसहितको पूजा गरिन्छ।

    चैते दशैंमा अष्टमी र नवमीलाई विशेष महत्वका साथ मनाउने गरिन्छ। अष्टमीको दिन देवी उपासना र बलीसहित पूजा गरिन्छ। यसैगरी नवमीको दिन त्रेता युगमा अयोध्याका राजा दशरथ र रानी कौशल्यावतीका ज्येष्ठ सुपुत्रका रुपमा श्रीरामको जन्म भएको विश्वासका साथ रामनवमीका रुपमा मनाउने गरिन्छ।

    रामनवमीमा सरकारले सार्वजनिक बिदासमेत दिने गर्दछ । संस्कृतिविदहरुका अनुसार मध्यकालीन नेपालमा ४ किमिसका दशैं धुमधामका साथ मनाउने गरिन्थ्यो। यी दशैंहरूमध्ये अहिले प्रचलनमा शारदीय र वसन्तीय नवरात्रमात्र छन्।

    आषाढ शुक्लमा मनाइने ग्रीष्मकालीन नवरात्र र माघ शुक्लमा मनाइने शिशिरकालीन नवरात्र विलुप्तप्रायः छन्। तर यी सबै दशैंहरूको आ–आफ्नै विशेषताहरू छन्। यी दशैंहरुमा पूजा गरिने देवीहरू एउटै भए पनि त्यसको विधि र प्रक्रिया भने भिन्दाभिन्दै रहेको संस्कृतिविदहरु बताउँछन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ