काठमाडौं :नेपाल विद्यार्थी संघ धादिङले जित बहादुर बयलकोटीको घटनामा सत्य तथ्य छानबिन गर्न सम्बन्धित निकायलाई माग गरेको छ ।
बैशाख २० गते ज्वालामुखी गाउपालिका वडा नम्बर ७ चैनपुर स्थित सालबास माध्यामिक विद्यालयका कक्षा १२ मा अध्यनरत जित बहादुर बयलकोटीले बिद्यालयको शैक्षिक शुल्क तिर्न नसकेको कारण आत्महत्या गर्न बाध्य भएको घटना बाहिर आएपछी विद्यार्थी संघले बिज्ञप्ति मार्फत यस्तो माग गरेका हुन् ।
उनीहरुले दोषीलाई कारबाही गर्न माग गर्दै सरोकारवालाई ध्यानाकर्षण गराएको बताइएकोृ छ । संघले मंगलबार ज्वालामुखी गाउँपालिका र सालबास मा.वि लाई घटनाको सत्य तथ्य छानबिन गर्न ध्यानाकर्षण गराएको हो ।
नेपाल विद्यार्थी संघका नेताहरु उक्त घटना स्थल पुगेर मृतक आत्माप्रती श्रद्धाञ्जली अर्पण तथा परिवारमा समवेदना व्यक्त गरेका थिए ।



