२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

images

  • २०८१ वैशाख ६, बिहीबार
  • 876
    SHARES
  • दुर्घटनामा आठ चिनियाँ पर्यटक घाइते

    कास्की : पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठ जना चिनियाँ पर्यटक घाइते भएका छन् ।

    पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका जिल्ला प्रहरी कार्यालय  कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिनुभयो।

    ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोकतर्फ आइरहेको बा१प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन् । घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ। घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ।

    स्कार्पिओ अनियन्त्रित हुँदा एक पसलमा समेत क्षति पुगेको छ। प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ