काठमाडौँ : एनआईसी एसिया बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार बैंकको खुद नाफा र वितरणयोग्य मुनाफा घटेपनि बैंकको वित्तीय अवस्था अब्बल र अझै उत्कृष्ट रहेको देखिएको छ।
तेस्रो त्रैमाससम्म बैंकले १ अर्ब ९१ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ भने गत वर्ष सोहि अवधिसम्म बैंकले ४ अर्ब १ करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। बैंकको नाफा गत वर्षको तुलनामा ५२.३१ प्रतिशतले गिरावट आएको हो।
तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ७२ करोड ५६ लाख रुपैयाँले ऋणात्मक रहेको छ भने गत वर्ष सोहि अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ थियो।
गत वर्षको तेस्रो त्रैमाससम्म बैंकको एनपीएल ०.७४ प्रतिशत थियो भने यस वर्ष एनपीएल बढेर १.७६ प्रतिशत पुगेको छ। साथै, बैंकको इम्पेरिमेन्ट चार्ज २ अर्ब १४ करोड ८५ लाख रुपैयाँ रहेको छ भने यस वर्ष २३ करोड ५२ लाख रुपैयाँ रहेको थियो। इम्पेयरमेन्ट चार्ज बढ्दा बैंकको नाफा प्रभावित बनेको छ।
अघिल्लो वर्ष ५ अर्ब ७८ करोड ३१ लाख रुपैयाँ रहेको सञ्चालन मुनाफा यस वर्ष घटेर ३ अर्ब ६२ करोड ५२ लाख रुपैयाँ पुगेको छ। यस्तै, अघिल्लो वर्ष ९ अर्ब ९ करोड २४ लाख रुपैयाँ रहेको ब्याज आम्दानी यस वर्ष घटेर ८ अर्ब १८ करोड ८१ लाख रुपैयाँमात्रै भएको छ।
बैंकको चुक्ता पुँजी १४ अर्ब ९१ करोड रुपैयाँ रहेको छ भने बैंकको रिजर्भको आकार २२.१६ प्रतिशतले बढेर १७ अर्ब ४५ करोड ९५ लाख रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा १४ अर्ब २९ करोड २७ लाख रुपैयाँ थियो।
बैंकको पुँजिभन्दा जगेडा कोष ठूलो हुनु, आर्थिक संकटका बीचमा समेत सामान्य मात्रै असर पर्नु र सर्वसाधारणको निक्षेप अझै बढ्दै जानुले बैंकको वित्तीय अवस्था अझै अब्बल र उत्कृष्ट बनेको देखिएको छ।
चैत मसान्तसम्ममा बैंकले ३ खर्ब २७ अर्ब १६ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने २ खर्ब ७७ अर्ब १८ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। बैंकमा निक्षेप अघिल्लो वर्षको तुलनामा ५.०७ प्रतिशत र ऋण ५.८९ प्रतिशतले बृद्धि भएको छ।
समीक्षा अवधीमा बैंकको प्रतिशेयर आम्दानी १७.१२ रुपैयाँ रहेको छ। त्यस्तै, पिई रेसियो २२.८५, नेटवर्थ २०५.४७ रुपैयाँ रहेको छ। बैंकको सिडी रेसियो ८५.८१ प्रतिशत, बेस रेट ८.८६ र ब्याजदर अन्तर ३.९९ प्रतिशत रहेको छ।



