काठमाडौँ : एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि आएको छ।
गत वर्षको तेस्रो त्रैमाससम्म बैंकले २ अर्ब ४६ करोड ६० लाख ६४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो भने यस वर्ष ५.७७ प्रतिशत बढेर २ अर्ब ६० करोड ८४ लाख ६४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ। तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड रुपैयाँ रहेको छ।
तेस्रो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब २६ करोड रुपैयाँबाट घटेर २ अर्ब ७५ करोड ११ लाख रुपैयाँ पुगेको छ भने खराब कर्जा ०.७० प्रतिशत मै स्थिर रहेको छ।
गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ५ अर्ब ५८ करोड ७२ लाख ४८ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले यस वर्ष ०.८२ प्रतिशतले बढेर ५ अर्ब ६३ करोड ३० लाख ६४ हजार रुपैयाँ पुगेको छ।
गत आर्थिक वर्षको तेस्रो मसान्तसम्ममा ३ अर्ब ५२ करोड २९ लाख रुपैयाँ रहेको कम्पनीको संचालक नाफा यस वर्ष बढेर ३ अर्ब ७२ करोड ६३ लाख रुपैयाँ पुगेको छ।
बैंकको जगेडा कोषमा ११ अर्ब ९२ करोड ३२ लाख रुपैयाँ रहेको छ भने चुक्तापूँजी ११ अर्ब ७६ करोड ७९ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी २९.५५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२६.७३ रुपैयाँ रहेको छ।



