२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
बैङ्किङ

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, अन्य सूचक कस्तो ?

images

  • २०८१ वैशाख ७, शुक्रबार
  • 916
    SHARES
  • प्रभु बैंकको  नाफा १ अर्ब ८१ करोड, अन्य सूचक कस्तो ?

    काठमाडौँ : प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ८१ करोड २४ लाख ५८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ भने गत वर्षको सोहि अवधिमा कम्पनीको नाफा १ अर्ब ९५ करोड ४६ लाख रुपैयाँ रहेको थियो। जुन गत आर्थिक वर्षको तुलनामा ७.२७ प्रतिशतले कम हो। 

    गत आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ६ अर्ब ६८ करोड १४ लाख २६ हजार रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष सोहि अवधिमा २६.३१ प्रतिशतले बढेर ८ अर्ब ४३ करोड ९६ लाख रुपैयाँ पुगेको छ।  

    यता, गत आर्थिक वर्षको चैत मसान्तसम्ममा १८ करोड २९ लाख रुपैयाँ ऋणात्मक रहेको वितरणयोग्य नाफा घटेर १६ करोड ६५ लाख ४७ हजार रुपैयाँ रहेको छ। बैंकको खराब कर्जा ४.८१ प्रतिशत पुगेको छ। बैंकले निक्षेप संकलन २ खर्ब ७८ अर्ब रुपैयाँ र कर्जा लगानी २ खर्ब २९ अर्ब रहेको छ।

    यस्तै, चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा बैंकको कुल सञ्चालन आम्दानी १० अर्ब १९ करोड रुपैयाँ रहेको छ भने सञ्चालन नाफा ३ अर्ब ५७ करोड रुपैयाँ रहेको छ।

    बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ भने  जगेडा कोष ९ अर्ब ८६ करोड रुपैयाँ रहेको छ। यस्तै, बैंकको प्रतिशेयर आम्दानी १०.२६ रुपैयाँ र प्रतिशेयर नेटवर्थ १४२.६० रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ