२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
बैङ्किङ

लक्ष्मी सनराइज बैंकले मार्याे अधिकांश सूचकमा छलाङ

images

  • २०८१ वैशाख ७, शुक्रबार
  • 631
    SHARES
  • लक्ष्मी सनराइज बैंकले मार्याे अधिकांश सूचकमा छलाङ

    काठमाडौँ : लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार बैंकको मुनाफामा बढेको देखिन्छ। 

    बैंकको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ अर्ब ६१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक वर्षको सोहि अवधिमा नाफा १ अर्ब २६ करोड रुपैयाँ थियो।

    चालु आर्थिक वर्षको ९ महिनाको अवधिममा कम्पनीको खुद ब्याज आम्दानी १०३.९ प्रतिशतले बढेर ८ अर्ब ५३ करोड २७ लाख ६९ हजार रुपैयाँ पुगेको छ। जुन गत आर्थिक वर्षको सोहि अवधिमा ४ अर्ब १९ करोड ३२ लाख ४७ हजार रुपैयाँ रहेको थियो।

    हाल बैंकको वितरणयोग्य नाफा १ अर्ब २४ करोड ऋणात्मक रहेको छ। यस बैंकको कुल सञ्चालन आम्दानी १०१.६३ प्रतिशतले बढेर १० अर्ब ४१ करोड ५ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ११.७८ प्रतिशतले बढेर २ अर्ब २३ करोड १७ लाख रुपैयाँ पुगेको छ।  

    बैंकको निष्क्रिय कर्जा १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत तथा इम्पेरमेन्ट चार्ज ४ अर्ब पुगेको छ।  

    बैंकको हालको चुक्ता पूँजी २३ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १६ अर्ब ६० करोड रुपैयाँ रहेको छ। बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ