काठमाडौँ : वाणिज्य बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। विवरण अनुसार बैंकहरुको खुद नाफा साढे १३ प्रतिशतले घटेको छ। जस अनुसार १३ वटा वाणिज्य बैंकको खुद नाफा घटेको छ भने ७ वटा बैंकको नाफा मात्र बढेको छ।
सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवतरण अनुसार २० वटा वाणिज्य बैंकहरुको नाफा १३.४७ प्रतिशतले घटेर ४० अर्ब ६८ करोड ३० लाख ८१ हजार रुपैयाँमा सीमित भएको हो भने गत आर्थिक वर्षको सोहि अवधिमा ४७ अर्ब १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा सबैभन्दा धेरै नाफा आर्जन गर्नेमा नबिल बैंक रहेको छ। नबिल बैंकले ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा आर्जन गरेको छ। दोस्रो धेरै नाफा आर्जन गर्नेमा ग्लोबल आइएमई बैंक रहेको छ। बैंकले ३ अर्ब ३० करोड ६५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।
यस्तै, सबैभन्दा धेरै को नाफा बढाउनेमा कृषि विकास बैंक रहेको छ जसमा बैंकको खुद नाफा ९७.२२ प्रतिशतले बढेको छ भने लक्ष्मी सनराइज बैंकको खुद नाफा २७.७० प्रतिशत बढेको छ। यस अवधिमा ९ वटा बैंकको वितरणयोग्य मुनाफा ऋणात्मक रहेको छ।
यसगरी, नेपाल बैंकको खुद नाफा ९२.६८ प्रतिशत घटेको छ भने एनआईसी एशिया बैंकको खुद नाफा ५२.३१ प्रतिशत तथा माछापुच्छ्रे बैंकको खुद नाफा ३६.७३ प्रतिशत घटेको छ।
हेर्नुस् तेस्रो त्रैमाससम्म बैंकको खुद नाफा :




