काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व अन्तर्गत हात गुमाएका देशका विभिन्न स्थानका व्यक्तिलाई कृत्रिम हात वितरण गरेको छ। इनेबल नेपालसँगको साझेदारीमा देशका विभिन्न स्थानमा बैंकले कृत्रिम हातको आवश्यकता पर्ने बालबालिकालाई कृत्रिम हातहरू वितरण गरेको हो।
एक कार्यक्रमबीच बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र इनेबल नेपालका पदाकारीबाट कृत्रिम हातहरू वितरण गरिएको हो। उक्त कार्यक्रममा बैंकका कर्मचारी, बालबालिकाहरूका अभिभावक र इनेबल नेपालका कर्मचारीहरूको उपस्थिति रहेको थियो।
हाल बैंकले पाँच थान कृत्रिम हातहरू वितरण गरिसकेको र निकट भविष्यमा थप कृत्रिम हातहरू वितरण गर्ने बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङले बताउनुभयो।



