२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कामना विकास बैंकले गर्‍यो स्वास्थ्य प्रयोगशाला हस्तान्तरण

images

  • २०८१ वैशाख ११, मंगलबार
  • 986
    SHARES
  • कामना विकास बैंकले गर्‍यो स्वास्थ्य प्रयोगशाला हस्तान्तरण

    काठमाडौँ : कामना सेवा विकास बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय, शिक्षण अस्पताल पोखरामा स्वास्थ्य प्रयोगशाला निर्माण गरी हस्तान्तरण गरेको छ।

    शुक्रवार पोखरा विश्वविद्यालयका उपकुलपति प्रा.डा. प्रेमनारायण अर्यालको उपस्थितिमा बैंक सञ्चालक बलराम बरालले विश्वविद्यालयका रजिस्ट्रार प्रा.डा.दीपकबहादुर भण्डारीलाई स्वास्थ्य प्रयोगशाला हस्तान्तरण गर्नुभयो।

    कार्यक्रममा उपकुलपति अर्यालले विश्वविद्यालयको सर्वाङ्गीण विकास, कर्मचारीले प्राप्त गर्ने बैङ्किङ सेवामा बैंकको उत्कृष्ट योगदान रहेको बताए। १०० शैयाको अनुमति पाउन अनिवार्य आवश्यक स्वास्थ्य प्रयोगशाला निर्माण गरिदिएकामा उनले बैंकलाई धन्यवाद दिनुभयो।

    विश्वविद्यालयका रजिष्ट्रार बैंकले आफ्ना विभिन्न कार्यक्रममा विश्वविद्यालयलाई दिएको योगदानको कदर गर्नुभयो र कार्यक्रममा बैंक सञ्चालक बलराम बरालले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विश्वविद्यालयसँग जोडिन पाएकामा खुसी व्यक्त गर्नुभयो। 

    विश्वविद्यालयको शैक्षिक विकास, कर्मचारीको वित्तीय पहुँच तथा वित्तीय सेवा, सामाजिक सेवा तथा विद्यार्थीको शैक्षिक भविष्यको साझेदार बन्न पाएकामा बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले आभार व्यक्त गर्नुभयो।

    कार्यक्रममा बैंक र पोखरा विश्वविद्यालयबिच वित्तीय सेवा-सुविधा प्रदानसम्बन्धी समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ। समझदारीपछि विश्वविद्यालयका प्राध्यापक, कर्मचारीलाई बैंकले सहुलियत रूपमा विभिन्न अत्याधुनिक वित्तीय सेवा दिनेछ। 

    हाल बैंकले आफ्ना १३५ सञ्जालहरू तथा ७७ एटिएम तथा विभिन्न शाखा रहित सेवा केन्द्र मार्फत आफ्नो अत्याधुनिक सेवा सुविधाहरू प्रदान गरी रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ