२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एकै दिनमा २ हजार ७ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ वैशाख ११, मंगलबार
  • 436
    SHARES
  • एकै दिनमा २ हजार ७ सयले घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : लगातार उकालो लागेर कीर्तिमान कायम गरेको सुन चाँदीको मूल्यमा आज मंगलबार पनि घटेको छ। आज एकै दिनमा सुनको मूल्य २ हजार ३ सयले घटेको छ। हिजो र आज गरेर २ दिनमा प्रतितोला ३ हजार ७ सय रूपैयाँ  घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ३५ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो सोमबार छापावाला सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला रु २ हजार ७ सयले गिरावट आएको हो। 

    यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ हजार ७ सयले घटेर १ लाख ३४ हजार ८ सय ५० रुपैयाँ निर्धारण भएको छ। हिजो सोमबार तेजाबी सुन १ लाख ३७ हजार ५ सय ५० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो।

    यसैगरी, आज चाँदीको मूल्य पनि ४५ रुपैयाँले घटेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ६ सय ६० रुपैयाँ निर्धारण भएको छ। हिजो सोमबार १ हजार ७ सय ५ रुपैयाँ कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार १ सय ७० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ६ सय १० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४ सय २३ रुपैया तोकेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ