२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सपोर्ट लघुवित्तको नाफामा ९५% को उछाल, खराब कर्जामा उल्लेख्य गिरावट

images

  • २०८१ वैशाख १२, बुधबार
  • 941
    SHARES
  • सपोर्ट लघुवित्तको नाफामा ९५% को उछाल, खराब कर्जामा उल्लेख्य गिरावट

    काठमाडौँ : सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले जारी आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। अघिल्लो आवको तेस्रो त्रैमाससम्म ३ करोड ६५ लाख रुपैयाँ रहेको संस्थाको रिजर्भको आकार बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ। 

    सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा ९४.८९ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत वर्षको तेस्रो त्रैमाससम्म संस्थाले ६३ लाख ३१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

    तेस्रो त्रैमाससम्म बैंकको सञ्चालन मुनाफा १ करोड ३३ लाख रुपैयाँ पुगेको छ जुन गत आर्थिक वर्षको यसै अवधिसम्ममा ६० लाख रुपैयाँ रहेको थियो। सञ्चालन मुनाफा करिब १२१ प्रतिशतले घटेको हो।

    कम्पनीको खुद ब्याज आम्दानी पनि ८.७८ प्रतिशतले वृद्धि भएर ४ करोड ९१ लाख रुपैयाँ पुगेको छ भने कर्मचारी खर्च ४ करोड तथा अन्य सञ्चालन खर्च १ करोड ५२ लाख रुपैयाँ रहेको छ। 

    कम्पनीले खराब कर्जा अनुपात घटाउन सफल भएको छ। कम्पनीको खराब बर्जा अनुपात ३.२५ प्रतिशतबाट घटेर १.४७ प्रतिशतमा सीमित बनेको छ। कम्पनीको यस त्रैमाससम्म वितरणयोग्य मुनाफा १ करोड २३ लाख ४० हजार रुपैयाँ रहेको छ।

    कम्पनीको प्रतिसेयर आम्दानी १७.२८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १६०.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १९५२.१७ रुपैयाँ,मूल्य आम्दानी अनुपात ७७.२९ गुणा र तरलता अनुपात १३.४८ प्रतिशत कायम भएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ