२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्रसङ्घका महासचिवको भ्रमणको तयारी पूरा

images

  • २०८० कात्तिक ११, शनिबार
  • 746
    SHARES
  • राष्ट्रसङ्घका महासचिवको भ्रमणको तयारी पूरा

    कात्तिक ११, काठमाडौं : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसको भ्रमणको तयारी पूरा भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को  निमन्त्रणामा उहाँ चारदिने भ्रमणमा आज राति नेपाल आउँदै हुनुहुन्छ।  

    विशिष्ट व्यक्तिको सुरक्षा व्यवस्थापन कार्यविधिअनुसार उहाँको सुरक्षा व्यवस्था गरिएको गृहमन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताउनुभयो। नेपाली सेनाले पनि आफूलाई प्राप्त जिम्मेवारीअनुसार सुरक्षा व्यवस्था मिलाएको जनाएको छ। नेपाली सेनाको आफ्नै अतिविशिष्ट व्यक्ति सुरक्षा निर्देशनालयबाट सुरक्षा व्यवस्था गरिएको सेनाले जनाएको छ।

    भ्रमणका क्रममा महासचिव गुटेरेसले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री दाहालसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्नुका साथै पूर्वप्रधानमन्त्रीहरू, प्रमुख राजनीतिक दलका नेतालगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ। उहाँले कात्तिक १४ गते सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्नुहुनेछ। उहाँले काठमाडौँ उपत्यकाका पुरातात्विक क्षेत्र, लुम्बिनी, पोखरा, अन्नपूर्ण आधार शिविरलगायत क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ