काठमाडौँ : हिजो बढेको सुनचाँदीको मूल्य आज बिहिबार भने सामान्य मूल्यले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुन प्रतितोला रु १ लाख ३५ हजार ८ सय रुपैयाँ कायम भएको छ। हिजो बुधबार छापावाला सुन प्रतितोला रु १ लाख ३६ हजारमा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले गिरावट आएको हो।
यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३५ हजार १ सय ५० रुपैयाँ निर्धारण भएको छ। हिजो बुधबार तेजाबी सुन १ लाख ३५ हजार ३ सय ५० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो।
यसैगरी, आज चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य आजका लागि प्रतितोला रु १ हजार ६ सय ५५ रुपैयाँ निर्धारण भएको छ। हिजो बुधबार १ हजार ६ सय ७० रुपैयाँ कारोबार भएको थियो।
नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ४ सय २५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ८ सय ६५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ४ सय १९ रुपैयाँ तोकेको छ।



