२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

१३ दिनमा डीडीसीद्वारा किसानलाई ४८ करोड भुक्तानी

images

  • २०८१ वैशाख १४, शुक्रबार
  • 411
    SHARES
  • १३ दिनमा डीडीसीद्वारा किसानलाई ४८ करोड भुक्तानी

    काठमाडौँ : दुग्ध विकास संस्थानले किसानलाई रु.४८ करोड भुक्तानी गरेको छ। डिडिसीले वैशाखमा दुग्धजन्य पदार्थको बिक्री वितरण बढेसँगै १३ दिनमा रु ४८ करोड रकम भुक्तानी गरेको हो।

    संस्थानका निमित्त महाप्रबन्धक राजेन्द्रप्रसाद अधिकारीले गर्मी याम प्रारम्भ भएसँगै दुग्धजन्य पदार्थ (दूध, दही, मोही, पनिर, लसी, आइसक्रिम) को बिक्री बढेकाले किसानको रकम भुक्तानी गर्न सहज भएको बताउनु भयो।

    “गर्मीमा दुग्धजन्य पदार्थको बिक्रीमा पचास प्रतिशतले बिक्री बढेकाले नगद प्रवाह बढेको र कृषक भुक्तानीलगायत अन्य भुक्तानीमा क्रमिक रूपले सहज भएको छ”, अधिकारीले भन्नुभयो।

    डिडिसीले वैशाख लागेपछि विराटनगर क्षेत्रमा रु. १० करोड, जनकपुर क्षेत्रमा रु. १ करोड, हेटौँडा क्षेत्रमा रु ८ करोड, लुम्बिनी क्षेत्रमा रु ४ करोड २५ लाख, नेपालगञ्ज क्षेत्रमा रु २ करोड ७५ लाख, धनगढी क्षेत्रमा रु १ करोड ५० लाख र काठमाडौँ क्षेत्रमा रु १३ करोड किसानको रकम भुक्तानी गरेको हो।

    डिडिसीले हेटौँडामा सञ्चालन गरेको डिडिसी पशु आहारा उद्योगबाट किसानले दाना खरिद गरी पैसा भुक्तानी गर्न बाँकी रु ६ करोड रकम कट्टासमेत गरेको निमित्त महाप्रबन्धक अधिकारीले बताउनु भयो। डिडिसीको हेटौँडामा सञ्चालित पशु आहारा उद्योगबाट मासिक ५ लाख किलो दाना उत्पादन हुँदै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ