२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

डिजेल र मट्टीतेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

images

  • २०८१ वैशाख १९, बुधबार
  • 421
    SHARES
  • डिजेल र मट्टीतेलको मूल्य घट्यो, हवाई इन्धनको बढ्यो

    काठमाडौँ : नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। सरकारले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ। बुधबार बिहान १ बजेदेखि लागू हुने गरी नेपाल आयल निगमले  डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर २/२ रुपैयाँ घटाएको हो।

    भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्य सूची अनुसार निगमले नयाँ मूल्य तोकेको हो। भारतबाट मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाउने निर्णय भएको निगमले जनाएको छ।

    निगमले डिजेल/मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १ सय ५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि १ सय ५८ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ५९ रुपैयाँ तोकेको छ। 

    यसैगरी दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ क्षेत्रमा १ लिटर डिजेलको मूल्य १ सय ५८ र तेस्रो वर्ग अन्तर्गत काठमाण्डौ, पोखरा र दिपायल क्षेत्रमा लिटरको १ सय ५९ रुपैयाँ पुगेको छ। 

    पेट्रोल र खाना पकाउने ग्यासको मूल्य भने यथावत् राखिएको छ भने हवाई इन्धनको मूल्य भने बढाएको छ। आन्तरिकतर्फ प्रतिलिटर १ रुपैयाँ बढाएर १३७ रुपैयाँ र बाह्यतर्फ प्रतिकिलो लिटर ७ डलर वृद्धि गरिएको निगमले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ