२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images
सुनचाँदी

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

images

  • २०८१ वैशाख १९, बुधबार
  • 371
    SHARES
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

    काठमाडौँ : आज बुधबार सुनचाँदीको मूल्य घटेको छ। आज सुनको मूल्य प्रतितोला २७ सय तथा चाँदी २० रुपैयाँले घटेको छ। 

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँ कायम भएको छ। हिजो मंगलबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँ मा कारोबार भएको थियो। यस आधारमा सुनको मूल्य प्रतितोला २७ सय रुपैयाँले घटेको हो।

    यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला २७ सय रुपैयाँले घटेर १ लाख ३३ हजार ८ सय ५० रुपैयाँ निर्धारण भएको छ। हिजो मंगलबार तेजाबी सुन १ लाख ३६ हजार ५ सय ५० रुपैयाँ निर्धारण भई कारोबार भएको थियो। 

    यसैगरी, आज चाँदीको मूल्य पनि २० रुपैयाँले घटेको छ। महासङ्घका अनुसार चाँदीको मूल्य प्रतितोला १ हजार ६ सय ३० रुपैयाँ निर्धारण भएको छ। हिजो मंगलबार १ हजार ६ सय ३० रुपैयाँ कारोबार भएको थियो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १५ हजार ३ सय १० रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १४ हजार ७ सय रुपैयाँ तथा प्रति १० ग्राम चाँदीको मूल्य १ हजार ३ सय ९७ रुपैया तोकेको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ