२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अप्रिलमा नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले वृद्धि 

images

  • २०८१ वैशाख २०, बिहीबार
  • 811
    SHARES
  • अप्रिलमा नेपाल भित्रने पर्यटक १२.७५ प्रतिशतले वृद्धि 

    काठमाडौँ : नेपालमा विदेशी पर्यटक आगमन १२.७५ प्रतिशतले बढेको छ। पर्यटन बोर्डले दिएको जानकारीअनुसार सन् २०२३ को अप्रिलको तुलनामा सन् २०२४ को अप्रिल सो सङ्ख्यामा पर्यटकको आगमन बढेको हो। 

    सन् २०२३ को अप्रिलमा कूल ९८ हजार ७ सय ७३ विदेशी पर्यटक आएकोमा सन् २०२४ को सोही अवधिमा १  लाख ११ हजार ३ सय ७६ पर्यटक आएका हुन्। बोर्डका अनुसार सन् २०२२ को अप्रिलमा ६१ हजार ५ सय ८९, सन् २०२१ मा २२ हजार ७ सय ३२, सन् २०२० मा १४ र सन् २०१९ मा १ लाख ९ हजार ३ सय ९९ पर्यटक नेपाल आएका थिए।

    बोर्डका अनुसार अप्रिलमा नेपाल भित्रने पर्यटकमा सबैभन्दा धेरै भारतीय छन्। सो अवधिमा भारतीय पर्यटक ३० हजार १ सय ५८, अमेरिकी पर्यटक ९ हजार ९ सय ४७, चिनियाँ ९ हजार ७ सय ५० विदेशी पर्यटक नेपाल आएका छन्। साथै बेलायतबाट ५ हजार ३ सय ९१, अष्ट्रेलियाबाट ४ हजार १ सय १०, बङ्गलादेशबाट ४ हजार ३, फ्रान्सबाट ३ हजार ७ सय ५५, जर्मनीबाट ३ हजार २ सय ७०, रसियाबाट २ हजार ९ सय ७७ र मलेसियाबाट ३ हजार ३ सय १० पर्यटक नेपाल आएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ