२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

विद्युत महशुल नबुझाउने २ सय ७६ ग्राहक कालोसूचीमा

images

  • २०८० कात्तिक १३, सोमबार
  • 1.4K
    SHARES
  • विद्युत महशुल नबुझाउने २ सय ७६ ग्राहक कालोसूचीमा

    कात्तिक १३, चितवन : नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रले २ सय ६७ ग्राहकलाई कालोसूचीमा राखेको छ। ६ महिनासम्म पनि बक्यौता रकम नबुझाउने ग्राहकलाई केन्द्रले कालोसूचीमा राखेको हो। कालोसूचीमा परेका ग्राहकबाट रु ७३ लाख तीन हजार बक्यौता उठाउन बाँकी रहेको छ। कार्यालयका इञ्जिनीयर राजेन्द्र पौडेलका अनुसार घरायसी बिजुली उपभोग गर्ने दुई सय १४ ग्राहक कालोसूचीमा परेका छन्। 

    यस्तै, ३९ वटा उद्योग, ६ वटा संस्थागत, ३ वटा पानी उद्योगलाई पनि कालो सूचीमा राखिएको छ। लामो समयसम्म बक्यौता रकम नतिर्ने ग्राहकलाई कालोसूचीमा राख्ने र ३ महिनासम्म महसुल नबुझाउने ग्राहकको लाईन काट्ने काम सुरु गरिएको उहाँले बताउनुभयो।

    २ महिनासम्म विद्युत् महसुल नबुझाउने ग्राहकको लाइनकाट्ने काम आइतबारदेखि सुरु गरिएकामा पहिलो दिन विद्युत् महसुल धेरै बाँकी रहेका १० ग्राहकको लाईन काटिएको छ।

    लाइन काटेसँगै कतिपयले रकमसमेत भुक्तानी गरिसकेका छन्। प्राधिकरणका कर्मचारीले विद्युत् मिटरबक्स रिडिङ गरेको २ महिनासम्म महसुल नबुझाउने ग्राहकको लाइन काट्न थालेको हो। इञ्जिनीयर पौडेलले  थप्नुभयो “सुरुवातमा विद्युत् महसुल धेरै भएका ग्राहकको लाइन काटिने छ।  कम्तीमा रु १० हजारसम्म तिर्न बाँकी रहेका ग्राहकको लाईन काट्ने गरी काम अघि वढाएका छौँ।”

    २ महिना नाघेका ग्राहकबाट मात्रै रु ३५ करोड ४१ लाख ५३ हजार शुल्क उठ्न बाँकी रहेको उहाँले जानकारी दिनुभयो। २ वर्षभन्दा माथिको रु १० करोड ५६ लाख ४४ हजार बक्यौता रकम उठाउन बाँकी रहेको छ। कार्यालयले चालु आर्थिक वर्षसम्म रु ४३ करोड ५५ लाख ७८ हजार विद्युत् महसुल उठाउन बाँकी रहेको इञ्जिनीयर पौडेलले बताउनुभयो। 

    २ महिनादेखि ६ महिनासम्म महसुल नतिर्ने ग्राहकबाट रु ४ करोड ९८ लाख २० हजार, छ महिनादेखि १२ महिना सम्मको महसुल नतिर्ने ग्राहकबाट रु २ करोड ८ लाख २८ हजार, १ वर्षदेखि २ वर्षसम्मको महसुल नबुझाउने ग्राहकबाट रु ३ करोड २९ लाख ५८ हजार उठ्न बाँकी रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ