२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

७.७१ अङ्कको गिरावटपछि १९९८ को बिन्दुमा नेप्से, लघुवित्तमा आकर्षण

images

  • २०८१ वैशाख २०, बिहीबार
  • 451
    SHARES
  • ७.७१ अङ्कको गिरावटपछि १९९८ को बिन्दुमा नेप्से, लघुवित्तमा आकर्षण

    काठमाडौँ : साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक ७.३१ अंक घटेर १९९८.९६ विन्दुमा झरेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स १.४८ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५० अंक घटेको छ।

    नेप्सेसँगैआज कारोबार रकम पनि घटेको छ। अघिल्लो कारोबार दिन ४ अर्ब ८० करोडको शेयर किनबेच भएको बजारमा आज ३०८ कम्पनीको ६४ हजार १ सय ८१ पटकको कारोबारमा ४ अर्ब १३ करोड ३३ लाख रुपैयाँ बराबरको ९४ लाख ९८ हजार कित्ता शेयर किनबेच भएको छ।

    आज १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक घटेको छ भने लघुवित्त र व्यापार उपसमूहको परिसूचक बढेको छ। आज लघुवित्त उपसमूहको परिसूचक ३.४५ प्रतिशत बढेको छ भन विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक २.०३ प्रतिशत घटेको छ तथा जलविद्युत उपसमूहको परिसूचक १.११ प्रतिशत घटेको छ।

    आज ७८ कम्पनीको मूल्य बढेको छ भने १६१ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ५ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकमका आधारमा आज आइएमई लाइफ इन्स्योरेन्स शीर्ष स्थान २८ करोड ७७ लाख रुपैयाँ तथा पोखरा फाइनान्सको २१ करोड ७८ लाख रुपैयाँभन्दा बढीको शेयर किनबेच भएको छ।

    आज तीन लघुवित्तको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा समता लघुवित्त, इन्फिनिटी लघुवित्त र साधना लघुवित्त रहेका छन् भने विजय लघुवित्तको शेयरमूल्य ९.७१ प्रतिशत  तथा आरएसडिसी लघुवित्तको शेयरमूल्य ८.७१ प्रतिशत बढेको छ। साथै, पिपुल्स पावरको शेयर सर्वाधिक ८.२१ प्रतिशत घटेको छ।





    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ