२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने

images

  • २०८१ वैशाख २०, बिहीबार
  • 1.1K
    SHARES
  • नागरिक लगानी कोषले पाल्पा सिमेन्टको शेयर प्रत्याभूति गर्ने

    काठमाडौँ : नागरिक लगानी कोषले पाल्पा सिमेन्ट इण्डस्ट्रिजको शेयर प्रत्याभूति गर्ने भएको छ। शेयर प्रत्याभूति गर्ने सम्बन्धी सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र पाल्पा सिमेन्टको तर्फबाट कार्यकारी निर्देशक विष्णुकुमार अग्रवालले आज हस्ताक्षर गर्नु भएको छ। 

    पाल्पा सिमेन्टको प्रति कित्ता रु १ सय अङ्कित ७५ लाख कित्ता बराबर हुन आउने रु ७५ करोडको शेयर कोषले प्रत्याभूति गर्ने छ। सम्झौता कार्यक्रममा कोषका कामु नायब कार्यकारी निर्देशक शोभा श्रेष्ठ सुवेदी, हेमन्त पोखरेल एवं विभागीय प्रमुख र सिमेन्ट इण्डस्ट्रिजका उच्च व्यवस्थापक सहभागी थिए। यो भन्दा अघि पनि कोषले विभिन्न कम्पनीको शेयर प्रत्याभूति गर्दै आएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ