२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आईएमई लाइफको लाभांश संशोधन, अब बोनस र नगद कति ?

images

  • २०८१ वैशाख २३, आइतबार
  • 1.1K
    SHARES
  • आईएमई लाइफको लाभांश संशोधन, अब बोनस र नगद कति ?

    काठमाडौँ : आइएमई लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० लाभांश संशोधन गरेको छ। कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले यस अघि घोषणा गरेको ३४.५० प्रतिशत लाभांश संशोधन गरेको हो।

    अब इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने संशोधन गरेको हाे जसमा २५ प्रतिशत बोनस शेयर रहेको छ भने १.३१५८ प्रतिशत (कर सहित) नगद लभांश रहेको छ।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९  बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव लाभांश संशोधन  गरेको छ। 
     
    नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त संशोधित लाभांश लगानीकर्तामा वितरण हुने छ।  हाल कम्पनीको चुक्ता पुँजी ४ अर्ब रुपैयाँ रहेको छ भने २५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब पुग्ने छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ