काठमाडौँ : आज आइतबार सुनको मूल्य स्थिर रहँदा चाँदीको मूल्य भने घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३५ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ। यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै, चाँदीको मूल्य भने ५ रुपैयाँले घटेर प्रतितोला १ लाख ६ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले प्रति १० ग्राम छापावाल सुनको मूल्य १ लाख १६ हजार ८५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य १ लाख १५ हजार ५ सय २५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य १४ सय ६ रुपैया तोकेको छ।



