२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

२४.५८ अङ्कको गिरावटपछि १९७४ को बिन्दुमा नेप्से

images

  • २०८१ वैशाख २३, आइतबार
  • 621
    SHARES
  • २४.५८ अङ्कको गिरावटपछि १९७४ को बिन्दुमा नेप्से

    काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ। 

    नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २४.५८ अङ्कले ओरालो लागेर १ हजार ९ सय ७४ दशमलव ३७ मा सीमित भएको छ। कूल ९७ लाख ६२ हजार ८ सय ३ कित्ता शेयर रु ३ अर्ब ७९ करोड ५७ लाख ४८ हजार दुई सय ९६ मूल्यमा कारोबार भयो। 

    स्टकका अनुसार कारोबारका आधारमा नेपाल फाइनान्स शीर्ष स्थानमा छ। सो कम्पनीको रु १२ करोड ६४ लाख ९९ हजार ७ सय ५३ बराबरको कारोबार भयो । यस्तै, डोल्टी पावर ९ दशमलव  ५६, साधना लघुवित्त ८ दशमलव  ७२, समता घरेलु लघुवित्त ८ दशमलव  ७२, कुमारी बैंकको ऋणपत्र ४ दशमलव शून्य ३ र नबील ब्यालेन्स फण्ड तेस्रोका लगानीकर्ताले ३ दशमलव ८९ प्रतिशतले कमाएका नेपाल स्टक एक्सचेञ्जले जनाएको छ। 

    पिपल्स पावर नौ दशमलव ९२, सिँगटी हाइड्रोपावर इनर्जी ७ दशमलव ५५, हिमालयन डिस्टिलरी ६ दशमलव ३३, जानकी फाइनान्स ५ दशमलव ६९ र बोटलर्स नेपाल तराईका लगानीकर्ताले भने ५ दशमलव २३ प्रतिशत घाटा बेहोर्नुपरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ